साफ २० वर्षमुनिको महिला फुटबलमा नेपालले आज भारतसँग खेल्ने

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ११:१५

एजेन्सी । साफ २० वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दैछ । खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ । चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

बङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी भएकामा भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । फाइनलमा पुग्नको लागि नेपालले आजको खेल्न जित्नैपर्नेछ । आजको पराजित भए नेपालको फाइनल पुग्ने सपना अधुरै हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*