नेपाली क्रिकेटर फिक्सिङ प्रकरणले दबाबमा

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ०९:२८

मकवानपुर । नेपाली क्रिकेटरहरु लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा छन् । लामो समयदेखि नेपाली क्रिकेटसँग परिचित मोन्टी देशाई नयाँ प्रशिक्षकका रुपमा आएका छन् । उनले २ फागुनदेखि सुरु हुने खेलका लागि नेपाली टोलीलाई तयार गर्न मिहिनेत गरिरहेका छन् । तर नेपाल टी–२० लिगको स्पट फिक्सिङ प्रकरणले क्रिकेटरहरुको मथिंगल नराम्रोसँग हल्लाएको छ ।

नेपाल त्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको टी–२० लिगमा नेपाली क्रिकेटर पहिलोपटक स्पट फिक्सिङमा मुछिएका छन् । क्रिकेट संघले रणनीतिक तथा व्यापारिक साझेदारका रुपमा भित्र्याएको सेभेन थ्री स्पोर्ट्सका सञ्चालक र कतिपय फ्रेन्चाइज टिमका व्यवस्थापक स्पट फिक्सिङमा संलग्न थिए । उनीहरुको योजनामा साथ दिएको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र युवा क्रिकेटर आदिल अन्सारी ९ माघदेखि प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*