अमिषाको ह्याट्रिकमा नेपालको सहज जित

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १६:४०

एजेन्सी । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिती राईको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६२ औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४-० ले विजयी भयो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*