नेपालले आज भुटानको सामना गर्दै

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १३:१०

मकवानपुर । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्नेछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी पहिलो खेलमा नेपाल पराजित भएको थियो । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*