आजबाट चौथो बकैया कप शुरु हुदै

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १२:४८

मकवानपुर । चौथो बकैया कप आज शुरु हुदै छ ।

बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुका बिचमा बकैया–७ भिरकोटको खेल मैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो । आजबाट शुरु हुन लागेको बकैया गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

आज उद्घाटन खेलमा बकैया ७ र बकैया १० का बिच दिउसो ३ बजे खेल हुने आयोजकले जनाएको छ ।

बिजेता हुने टिमलाई नगद रु १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित टिमलाई ट्रफि र नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*