प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई उल्भ्सले लिभरपुललाई हरायो

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार ०८:४२

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो । उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको २१ खेलबाट २० अङ्क भएको छ । उल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २० खेलमा २९ अङ्कका साथ १०औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । खेलको ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडको २१ खेलमा ४२ अङ्क भएको छ । युनाइटेड तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलमा २४ अङ्कका साथ १२औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*