आज सन्दीपविरुद्धको निवेदनको सुनवाइ

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १२:१६

मकवानपुर । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय शृङ्खलाका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*