चौथो बकैया कप माघ २२ गतेबाट शुरु हुने

बकैया दर्पण संवाददाता
१७ माघ २०७९, मंगलवार १६:०२

मकवानपुर । चौथो बकैया कप माघ २२ गतेबाट शुरु हुने भएको छ ।

बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुका बिचमा बकैया–७ भिरकोटको खेल मैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो । माघ २२ गतेबाट शुरु हुन लागेको बकैया गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

बिजेता हुने टिमलाई नगद रु १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित टिमलाई ट्रफि र नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

माघ १९ गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क रु ३ हजार रहेको बताउदै अध्यक्ष लामाले २० जना खेलाडी, १ जना म्यानेजर, १ जना टिम कोच गरी आफ्नै वडा भित्रका २२ जना खेलाडी हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*