अमेरिकामा सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार ०८:३४

एजेन्सी । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् । यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो । ४७ औँ संस्करणको यो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । साथै अर्जेन्टिना कतार विश्व कप फुटबलको विजेता समेत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*