सीताको वरीयता यथावत

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार १३:४४

मकवानपुर । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरको टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता यथावत रहेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ७२ औं स्थानमा कायमै रहेका छन् । बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत रहेकी छिन् । नयाँ वरीयता अनुसार कविता ९७ औं स्थानमा कायमै रहेकी छिन् । बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्यान्डकी सोफी एक्लेस्टोन रहेकी छिन् ।

ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्ष स्थानमा रहेकी छिन् । महिला टी-ट्वान्टी वरीयतामा नेपाल १८ औं स्थानमा यथावत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*