शुक्रबारबाट बकैयामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार ०८:१७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी शुक्रबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकामा माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्न सूचित गरेको भएपनि बकैयाले केही ढिला छनौट प्रतियोगिता गर्न लागेको हो । बकैयास्तरीय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता आगामी शुक्रबारदेखि हुन लागेको बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बिजय लामा थिङले बताए ।

बकैयास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता–२०७९ सम्पन्न गर्न बकैयाका ११ वटै वडाका विद्यालयहरुमा सूचना पुगिसकेको उनले जानकारी दिए । उनका अनुसार, प्रतियोगिताको पहिलो दिन उद्घाटनका साथै एथ्लेटिक्स, कराँते, भलिबल र दोस्रो दिन शनिबार कबड्डी, उसुलगायत अन्य खेलहरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*