आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

बकैया दर्पण संवाददाता
१० माघ २०७९, मंगलवार ११:२४

मकवानपुर । नेपालले आगमी महिना यूएईमा हुने १९ वर्ष मुनिको आइसिसी विश्वकप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सार्वजनिक गर्दै दोस्रो खेल फागुन १३ गते कुवतेसँग खेल्ने बताएको छ ।

अन्तिम खेल फागुन १८ गते युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलङ्कामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*