स्पट फिक्सिङको आरोपमा क्रिकेटर महबुब र आदील पक्राउ

बकैया दर्पण संवाददाता
९ माघ २०७९, सोमबार १२:४९

मकवानपुर । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो । सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।

यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*