हेटौंडामा पहिलो स्नुकर प्रतियोगिता, फाइनल भोलि हुने

बकैया दर्पण संवाददाता
९ माघ २०७९, सोमबार १२:१५

मकवानपुर । मकवानपुरमै पहिलोपटक आयोजना गरिएको खुला मकवानपुर च्याम्पियनसीपको भोलि फाइनल खेल हुँदैछ । लियम स्नुकर हाउसको आयोजनामा हेटौंडा ४ मा शनिबारबाट सुरु भएको खेलमा ५० जना खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा हालसम्म ६ जना खेलाडी फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा सोम लामा, नितेस खण्डेलवाल, अमर लामा, माधब खत्री, जिनेस श्रेष्ठ, प्रयास कर्मचार्यले फाइनलमा स्थान बनाइसकेका छन् भने आज मिराज श्रेष्ठसंग दिपक गुरुङ र रोशन खड्कासंग सुनिल लामा फाइनलका लागि भिड्दैछन् ।

प्रतियोगितामा नेपाल तथा सिक्किम च्याम्पियन सोम लामाले पनि सहभागिता जनाएका छन् भने विभिन्न जिल्लाहरु बाट जिल्ला च्याम्पियनहरुले पनि सहभागिता जनाएको प्रतियोगिताको संयोजक संग्राम बलले बताए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितीयलाई २० र तृतीयलाई १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । मकवानपुरबाट स्नुकरको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन हुनेमा विश्वास व्यक्त गर्दै प्रतियोगिताका संयोजक बलले स्थानीय, प्रदेश संघीय सरकारसँग सहकार्य गर्दै खेलाडीलई प्रोत्साहन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*