साउदी अरबमा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीको जित

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १२:४२

एजेन्सी । मैत्रीपूर्ण क्लब फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साउदीको अल नसरलाई हराएको हो ।

रियादमा बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५-४ गोल अन्तरले हराएको हो । यस खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तको रुपमा हेरिएको थियो ।

मेस्सीले पीएसजी छन् भने रोनाल्डोले यसै खेलबाट नसरमा डेब्यु गरे । खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै नसरलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३९ औं मिनेटमा जुवान बर्नेटले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । ४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई २-२ को बराबरीमा ल्याए ।

खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ ले अघि रह्यो । ५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३-३ को बराबरीमा ल्याए । ६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४-३ को स्थितिमा ल्याए । खेलको ७८ औं मिनेटमा ह्युगो इकिटिकेले गोल गर्दा पीएसजी ५-३ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरे पनि घरेलु तोलु ५-४ ले पराजित भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*