इन्टरलाई इटालियन सुपर कपको उपाधि

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार १५:४५

एजेन्सी । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको दशौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । इडेनले २१ औं मिनेटमा गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

इटालियन सुपर कपको फाइनलमा इन्टरले पहिलो पटक मिलानलाई हराएको हो । इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*