पीएसजीविरुद्ध अल नसरको कप्तानी रोनाल्डोले गर्ने

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ११:१६

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध क्रिस्टियानो रोनाल्डोले अल नसरको कप्तानी गर्ने भएका छन्।

साउदी अरेबियन क्लब नसरले बिहीबार फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

रोनाल्डोले पीएसजीविरुद्ध खेल्दै नसरमा डेब्यु गर्ने छन् । अल नसर र पीएसजीविरुद्धको खेल रियादस्थित किङ फाहद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । यस खेलमा दुई महान खेलाडी रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ ।

विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*