बार्सिलोनालाई सुपर कपको उपाधि

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १५:४८

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले एक गोल फर्काएपनि बार्सिलोना ३-१ ले विजयी हुँदै च्याम्पियन बनेको हो । बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो । मुख्य प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाको यो पहिलो उपाधि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*