बागमती गोल्डकपमा जावलाखेललाई हराउँदै भुटनीज क्लब फाइनलमा प्रवेश

बकैया दर्पण संवाददाता
३० पुष २०७९, शनिबार १९:२१

मकवानपुर । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा भुटनीजले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

उसका लागि खेलको पहिलो हाफको ३३ औं मिनेटमा प्रविन बस्नेतले गरेको गोल नै निर्णायक गोल बन्यो ।

खेलको दोस्रो हाफको २६ औं मिनेटमा सिमान्त थापाले रेड कार्ड पाएपछि जावलाखेल १० टिममा सिमित भयो ।
आजको खेलमा म्यान अफ दि म्याच भुटनीजलाई जित दिलाउने प्रविन बस्नेत घोषित भएका छन् । उनले नगद पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विहिबार भएको खेलमा भुटनीजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने जावलाखेलले पुष २४ गते भएको उद्धघाटन खेलमा आयोजक टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भोली माघ १ गते दोस्रो सेमिफाइनल खेलमा मकवानपुर –११ र संकटा क्लबबीच खेल हुनेछ । फापरबारीस्थित जनता माविको प्राङ्गणमा दिउँसो २ बजे खेल हुनेछ ।

मकवानपुर–११ ले नेपाल पुलिसलाई २–१ गोल र संकटाले नेपाल एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । मकवानपुर र संकटाबीच खेलमा विजयी टिमले भुटनीज क्लबसंग माघ ३ फाइनल खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*