बागमती गोल्डकप : एपिएफ क्लब क्वाटरफाइनलमा

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार ०८:४४

मकवानपुर । सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो । खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट आउट गर्दा मच्छिन्द्रका जर्सी नम्वर १४ का डि मारियाबाट आत्मघाती गोल भएको थियो । गोल भएसँगै एपिएफ क्लबले १–० गोलअन्तरले जित हासिल गर्यो ।

आजको खेलमा म्यान अफ दि म्याच एपिएफका मनि लामा घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै, भोलि बिहीबार हुने खेलमा भुटनिज स्पोर्टस् क्लब अमेरिका र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गरी १० टिमको सहभागीता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*