फ्रान्सका गोलकिपर लोरिसद्वारा सन्यास घोषणा

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १५:०१

एजेन्सी । फ्रान्स तथा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

फ्रान्सका कप्तान समेत रहेका लोरिसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । ‘मैले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेको छु,’ लोरिसले भनेका छन् । लोरिसले २००८ मा उरुग्वेविरुद्ध खेल्दै २१ वर्षको उमेरमा डेब्यु गरेका थिए ।

लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् । लोरिसको कप्तानीमा फ्रान्सले २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो । यस्तै कतार विश्वकपमा उपविजेता बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*