नेपाल टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर र विराटनगर खेल्दै

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १०:०१

नेपाल टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स खेल्दैछन् । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । हिजो भएको ईलिमिनेटर खेलमा काठमाडाँैलाई पराजित गर्दै विराटनगरले जनकपुरसँगको क्वालिफायर भेट पक्का गरेको हो । आजको विजेता फाइनल पुग्नेछ । अस्ति भएको पहिलो क्वालिफायरबाट लुम्बिनी अल स्टार फाईनल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*