उपाधिका लागि संकटा र भुटनीज भिड्दै (प्रत्यक्ष भिडियोसहित)

बकैया दर्पण संवाददाता
२३ पुष २०७९, शनिबार १३:५३

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल शुरु भएको छ । पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो । संकटा समिफाइनलमा एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै संकटासँगको भेट पक्का गरेको हो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*