अल नसरमा रोनाल्डो सार्वजनिक

बकैया दर्पण संवाददाता
२० पुष २०७९, बुधबार १०:१६

एजेन्सी । साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ।

घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो । रोनाल्डोलाई स्वागत गर्न हजारौ समर्थक स्टेडियम पुगेका थिए । कार्यक्रममा बोल्दै रोनाल्डोले आफुले युरोपमा सबै कुरा प्राप्त गरेको र यो नयाँ चुनौती भएको बताए । उनले आफुलाई अन्य थुप्रै राष्ट्रको क्लबले अफर गरेको भएपनि प्रतिस्पर्धात्मक लिग भएकाले साउदी आएको बताए । उनले यो आफ्नो अन्तिम लिग नभएको समेत रोनाल्डोले बताए ।

रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । तर, सम्झौता रकम खुलाईएको छैन । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन् । रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् ।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए । तर, यस पटक उनको बसाई सुखद रहेन । रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*