चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको उपाधी ३ नम्बर वडालाई
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको चौथो संस्करणको गाउँपालिका फुटबल कपको उपाधि ३ नम्बर वडाले जितेको छ । शुक्रबार बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको हो...
बागमती प्रदेशमा एउटै मन्त्रालय दुई वटा भाडाको घरमा
मकवानपुर । बागमती प्रदेश सरकारको एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको छ। प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको हो। गत माघ १० गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन १४ वटा मन्त्रालयलाई कटौती...
फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक विदा
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको हो । माघ २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बागमगी प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन...
चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको सेमीफाइनल खेलमा वडा नम्वर ३ र ७ विजयी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जारी चौंथो संस्करणको गाउँपालिकास्तरिय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । बिहीबार सेमिफाइनलका दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको प्रतियोगिताका संयोजक बिजय लामा थिङले जानकारी दिए । सेमिफाइनल खेलमा विजयी...
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बैठक अपराह्न १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको हो । उक्त बैठकमा प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने...
चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको क्वाटर फाइनल खेलमा वडा नम्वर ८ र ३ विजयी
मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाको भिरकोट खेल मैदानमा भएको चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको क्वाटर फाइनल खेलमा वडा नम्वर ८ र ३ विजय भएका छन् । आज भएको पहिलो क्वाटर फाइनल खेलमा पेनाल्टी शुट आउटमा वडा...
७ वटा अस्पताललाई बागमती प्रदेशद्वारा एम्बुलेन्स सहयोग
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका विभिन्न जिल्लाका ७ वटा अस्पताललाई एमबुलेन्से सहयोग गरेको हो । मन्त्रालयले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी...
हेटौंडा उपमहानगरपालिका हर्नामाडीमा बाघको आक्रमणबाट महिला घाइते
मकवानपुर । हेटौंडामा बाघको आक्रमणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षीया मैती बयलकोटी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...
भैंसेमा गाँजा बरामद, तीनजना पक्राउ
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनियाँबाट हेटौंडा बजारतर्फ जाँदै गरेको अटोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार राती ८ बजेर १५ मिनेटको समयमा चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा प्र ०३–००१ ह १४९१ नम्बरको अटोलाई प्रहरी चौकी...
बागमती प्रदेशको प्रेस युनियन अध्यक्षमा युवराज पुरी, उपाध्यक्षमा मकवानपुरका सुजन बिडारी निर्वाचित
मकवानपुर । प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुपाल्चोकका युवराज पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा धादिङकी गोमा थापा, मकवानपुरका सुजन बिडारी, नुवाकोटका श्रीराम नेपाल, महासचिवमा चितवनका पूर्ण शर्मा निर्वाचित भएका छन् । त्यसैगरी...










