चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको क्वाटर फाइनल खेलमा वडा नम्वर ८ र ३ विजयी

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार २१:४४

मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाको भिरकोट खेल मैदानमा भएको चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको क्वाटर फाइनल खेलमा वडा नम्वर ८ र ३ विजय भएका छन् ।

आज भएको पहिलो क्वाटर फाइनल खेलमा पेनाल्टी शुट आउटमा वडा नम्वर ८ ले वडा नम्वर ५ लाई ५-४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टी शुट आउटमा वडा नम्वर ८ विजयी भएको हो । आज भएको पहिलो क्वाटर फाइनल खेलमा म्यान अफ दी म्याच सन्जिव वाइवा भएका छन् ।

त्यस्तै आजै भएको दोस्रो क्वाटर फाइनल खेलमा वडा नम्वर ३ ले वडा नम्वर ४ लाई ६-१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्वर ३ को तर्फबाट आयुष नेगीले ३० सेकेन्डमा गोल गर्दै ३ नम्वर वडाको अग्रता दिएका हुन् । वडा नम्वर ३ को तर्फबाट टिम क्याप्टेन छेवाङ लामाले ४ गोल गरे भने तारा लामाले १ गोल गरे । आज भएको दोस्रो क्वाटर फाइनल खेलमा म्यान दी म्याच वडा नम्वर ३ का टिम क्याप्टेन छेवाङ लामा भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*