बागमती प्रदेशको प्रेस युनियन अध्यक्षमा युवराज पुरी, उपाध्यक्षमा मकवानपुरका सुजन बिडारी निर्वाचित

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ०९:००

मकवानपुर । प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुपाल्चोकका युवराज पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा धादिङकी गोमा थापा, मकवानपुरका सुजन बिडारी, नुवाकोटका श्रीराम नेपाल, महासचिवमा चितवनका पूर्ण शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी सोही कार्यसमितिको सचिवमा चितवनका रमेश पौडेल र सरिता पौडेल र कोषाध्यक्षमा धादिङका विकास रौनियार निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा गंगा पौडेल, दिपेश चौधरी, नवराज मिश्र, विश्वनिधि अर्याल, समीक्षा पाण्डे, हरि न्यौपानेलगायतका चयन भएका हुन् । यसअघि सो महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*