फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक विदा

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार ०९:३२

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको हो ।

माघ २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बागमगी प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*