चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको सेमीफाइनल खेलमा वडा नम्वर ३ र ७ विजयी

बकैया दर्पण संवाददाता
२६ माघ २०७९, बिहीबार १९:२२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जारी चौंथो संस्करणको गाउँपालिकास्तरिय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।

बिहीबार सेमिफाइनलका दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको प्रतियोगिताका संयोजक बिजय लामा थिङले जानकारी दिए । सेमिफाइनल खेलमा विजयी हुँदै वडा नम्बर ३ र ७ फाइनल प्रवेश गरेको छ । वडा नम्बर ६ लाई ४–० गोल अन्तरले हराउँदै वडा नम्बर ३ फाइनल प्रवेश गरेको हो । ३ नम्बर वडाका लागि आयुष नेगिले दुई, टिम कप्तान छेवाङ लामा र रोमन घलानले १–१ गोल गरे । खेलको म्यान अफ नेगि घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

यस्तै ७ नम्बर वडाले ८ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । वडा नम्बर ७ का लागि समीर राई र विकास लोप्चनले १–१ गोल गरे । यस्तै ८ नम्बरका लागि विशाल घलानले एक गोल गरेपनी टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच घलान घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उपाधिका लागि शुक्रबार दिउँसो १ बजे ३ नम्बर वडा र ७ बिच प्रस्तिस्पर्धा हुनेछ । ३ नम्बर वडा तेस्रो संस्करणको विजेता समेत हो । ३ नम्बर वडा पहिलो र दोस्रो संस्करणमा पनि फाइनल प्रवेश गर्दै उपविजेता बनेको थियो ।

शुक्रबारको फाइनल खेल अघि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण खेल हुने प्रतियोगिताका संयोजक थिङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*