चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको उपाधी ३ नम्बर वडालाई

बकैया दर्पण संवाददाता
२८ माघ २०७९, शनिबार ०९:३७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको चौथो संस्करणको गाउँपालिका फुटबल कपको उपाधि ३ नम्बर वडाले जितेको छ ।

शुक्रबार बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको हो । वडा नम्बर ३ लाई उपाधि दिलाउन कप्तान छेवाङ लामाले २ गोल र आयुष नेगीले १ गोल गरे । खेलको म्यान अफ द म्याच लामा घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उपाधिसँगै ३ नम्बर वडाले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ७ नम्बर वडाले भने १ लाख रुपैयाँमा चित्त बुझाएको छ । वडा नम्बर ३ साविक विजेता समेत हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ३ नम्बर वडाका सुजन गुरु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । उक्त पुरस्कार बकैया दर्पणले प्रायोजन गरेको हो । प्रतियोगिताको उदियमान खेलाडी ३ नम्बरका रोमन घलान, उत्कृष्ट गोलरक्षक ३ का बिक्रम नेगी, डिफेन्डर ७ नम्बरका राउल राई, उत्कृष्ट मिडफिल्डर ७ का दावा भोलन र प्रतियोगिताभर ७ गोल गरेका वडा ३ का कप्तान छेवाङ लामा सर्वाधिक गोलकर्ता घोषित भए । यस्तै उत्कृष्ट प्रशिक्षक ३ नम्बर वडाका कृष्ण लो घोषित भए । विधागत उत्कृष्ट सम्पुर्णले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*