बकैया दर्पणमा बिहानसम्मका महत्वपूर्ण खबरहरु

१. सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै मकवानपुर । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।...

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै हुनुहुन्छ । गोरखामा आयोजना हुन लागेको ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो...

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।...

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकको निर्णय

मकवानपुर । बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक मंगलबार सम्पन्न भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको हो । मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको...

बागमती प्रदेशमा थपलिया र थापा मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबाट एकरएक जना मन्त्री बन्ने भएका छन् । राप्रपाबाट उद्धप थापा र एमालेबाट जगन्नाथ थपलिया आज मन्त्री बन्ने हुनुभएको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा उनीहरुलाई पठाउने निर्णय...

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

मकवानपुर । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले आज नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले दिएको सूचना हिजोको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सांसदहरूलाई जानकारी गराउनुभएको थियो...

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने की नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची...

आज कांग्रेसको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए ।...