आज सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ०९:५७

मकवानपुर । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।

गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नु भएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात प्रस्तावको सुचना बुधबार माघ ४ गतेका लागि कार्यक्रम राखिएको छ । यस्तै, सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधि सभाले उपसभामुखको निर्वाचन मिति तोक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*