मन्त्रालयकाे भागवण्डा लगभग टुङ्गियाे, कसकाे भागमा कति ?

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १५:३३

मकवानपुर । सात दलीय सत्तारुढ दलहरुबीच मन्त्रालयकाे भागवण्डा लगभग टुंगिएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । स्राेतका अनुसार सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

त्यस्तै नेकपा एमालेले ८ वटा मन्त्रालय पाउने गरी खाका बनेकाे छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ ।

जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक/एक मन्त्रालय छुट्याइएको छ । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*