आज सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउने

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ०७:४४

मकवानपुर । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज १० बजेका लागि बोलाइएको छ । यसअघि दुई पटक सभामुखको निर्वाचनमा कसैको बहुमत पुग्न नसके पनि आज हुने निर्वाचनमा सभामुख चयन हुने विश्वास दलका नेताहरुले लिएका छन् ।

यसअघिसम्म दुई पटक नागरिक उन्मुक्ति पार्टीले कसैलाई मत नहालेपछि सभामुख चयन प्रक्रिया अवरुद्ध भएको थियो । तेस्रो पटक आज हुन लागेको सभामुख निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार रहेका भीमबहादुर रावलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै आज सुदूरपश्चिमले प्रदेश सभामुख पाउने करिब निश्चित भएको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सत्ता साझेदार दलबीचको सहमतिअनुसार आजको निर्वाचनमा सभामुखको पक्षमा मतदान गर्ने निर्णय भएको बताइन् ।

सत्ता साझेदार दलको तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर रावल सभामुख पदका उम्मेदवार छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् । उनीहरूको मत सभामुख चयन र सरकारलाई जोगाउन निर्णायक मानिएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन् । सभामुख निर्वाचित हुन २७ सांसदको समर्थन आवश्यक पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*