राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा पौडेलको उपचार...
मिटरब्याज पीडितकाे माग सम्बाेधन नगरे आन्दाेलन गर्ने राजेन्द्र लिङ्देनकाे चेतावनी
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन...
आज मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड
मकवानपुर । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँने हुनु भएको छ । उहाँ निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लाग्नुभएको हो। प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका...
प्रधानमन्त्री प्रचण्डले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका...
प्रतिनिधि सभाको बैठक बस्दै
मकवानपुर । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नु...
मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने
मकवानपुर । मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिन (मंगलबार) मात्रै बस्ने भएको हो । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते पुनः विश्वासकाे मत लिने
मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिनुहुने भएको छ । नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गएकाे चैत १२ गते फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएकाे मुख्यमन्त्रीका प्रमुख स्वकीय...
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति
मकवानपुर । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष...
प्रधानमन्त्री दाहाल र सभापति देउवा ओलीलाई भेट्न बालकोटमा पुगे
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् । सोमबार बिहान ९ बजे दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका हुन्...
कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन।पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद्...








