प्रधानमन्त्री दाहाल र सभापति देउवा ओलीलाई भेट्न बालकोटमा पुगे

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार ११:३९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् ।

सोमबार बिहान ९ बजे दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका हुन् । आइतबारदेखि अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन् ।

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि बालकोटमा पुगेका छन् । विगत केही दिनदेखि संवैधानिक परिषद सम्बन्धि विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानविन सम्बन्धि विधेयकलाई अगाडि बढाउन अहिले शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

आइतबार बिहान सभामुख घिमिरेले बालकोटमा बैठक बोलाउनुभएको थियो । तर प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*