आज मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड 

बकैया दर्पण संवाददाता
५ बैशाख २०८०, मंगलवार ०९:२०

मकवानपुर । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँने हुनु भएको छ ।

उहाँ निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लाग्नुभएको हो। प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका वडा नम्वर–५ आइपुग्ने र सो क्षेत्रस्थित दु्रतमार्गको अवलोकन गर्ने नेकपा माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले प्रधानमन्त्रीको स्थलगत अवलोकनलाई व्यवस्थित बनाउन आफु पनि बकैया जाने तयारी गरिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*