कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण

बकैया दर्पण संवाददाता
३ बैशाख २०८०, आईतवार ०९:१२

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन।पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागबण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

उपनिर्वाचनअघि साउद परराष्ट्रमन्त्रीको रुपमा क्याबिनेटमा थपिन लाग्नुभएको हो । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ । कांग्रेसबाट सहभागी अन्य मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले उपनिर्वाचनपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुहुनेछ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । आइतबार साउद परराष्ट्रमन्त्री बन्नु भएपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*