प्रतिनिधि सभाको बैठक बस्दै

बकैया दर्पण संवाददाता
५ बैशाख २०८०, मंगलवार ०९:१२

मकवानपुर । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नु हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*