राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो

बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार १२:३७

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा पौडेलको उपचार हुनेछ ।

केही दिन अघि पेटको समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहनु भएका पौडेलको छातिमा समेत समस्या बल्झिएपछि उहाँलाई नयाँ दिल्ली लगिएको हो । शिक्षण अस्पतालका चिकित्सकको सल्लाहमा दिल्ली लगिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*