दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते

बकैया दर्पण संवाददाता
१६ मंसिर २०७९, शुक्रबार १०:१५

मकवानपुर । धरान–चतारा सडकखण्ड अन्तरगतमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायत चोकस्थित बिहीबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ५ त ५०४६ नम्वरको ट्याक्टरले विपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प ४०९७ नम्वरको माटरसाईकललाई ठक्कर दिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुम मोटरसाइकल चालक बकैया गाउँपालिका वडा नम्वर ७ मामदमार बस्ने बर्ष ३३ को जनक स्याङतान र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३० वर्षीय युबक पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते दुबै जनाको हेटौंडाको सन्चो अस्पताल ल्यायको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*