खेलकुद मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०८१, बुधबार १२:२७

मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ।

बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । उनले भने–“हामीले सबै जिल्लाका पूर्वाधारहरु सम्पतीको खोजी गरीरहेका छौं र ति कस्तो अवस्थामा छन त्यस्को जानकारी समेत लिनेकाम शुरु गरेका छौं ।”

मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन । गौरीटार रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेको प्रती मन्त्री महर्जनले इगित गर्दै भने–“यहाँका खेल पुर्वाधारहरु मनोमानी ढङले चलेका छन भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तीहरुले भुँडी घटाउने ठाउँ ।”

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । उनले जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।

हेटौंडा उपमहानगरपालिकाको रु २५ लाख लागतमा युनिक बक्सिङ क्लबको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव दिपक लामाले बताएका छन । उनले भने–“खेलकूद परिषद्को युनिक बक्सिङ क्लब भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*