शिक्षा नै विकासको मेरुदण्ड : मुख्यमन्त्री लामा

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०८१, बिहीबार १८:२४

बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा नै विकासको मेरुदण्ड रहेको बताएका छन् ।

हेटौंडा १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले शिक्षा विकासको प्रमुख आधार भएकोले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताएका हुन् ।

गलत शिक्षाबाट देश र समाजको विकास नहुने उनको भनाई छ । मुख्यमन्त्री लामाले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको बताउदै निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको उनको भनाई छ ।

मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकार भित्र नपर्दा चाहे जति काम गर्न नसकेको बताए ।
स्थानीय र संघ सरकारको जति संरचना प्रदेश सरकारसँग नभएको समेत मुख्यमन्त्री लामाले गुनासो गरे । प्रदेश सरकारको एकल अधिकार अन्तर्गत रहेर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेको उनको भनाई छ ।

मुख्यमन्त्री लामाले केन्द्र र स्थानीय सरकारको संरचनामा टेकेर काम गर्नुपर्दा धेरै पापड बेल्नुपरेको गुनासो सुनाए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सीपल रघुनाथ खरालको सभाध्यक्षतामा भएको कार्यक्रममा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*