आफू निर्वाचित भए दुरदराजमा पनि समुचित बिकास गर्छु: कमल बिष्ट

बकैया दर्पण संवाददाता
१ मंसिर २०७९, बिहीबार १९:१४

मकवानपुर १ (क) का उम्मेदवार कमल बिष्टले आफू मंसिर ४ काे निर्वाचनमा बिजयी भए दुरदराजमा समेत समुचित बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

हेटौंडा १६ शक्तिखाेलामा एमालेकाे चुनावी सभामा बाेल्दै बिष्टले बिगतमा आफू गाविस अध्यक्ष निर्वाचित भएपछिको समयमा गरेकोे बिकास निर्माणलाई हेरेर याे पटक प्रदेशमा काम गर्ने माैका दिन मतदातासँग आग्रह गर्नुभएको हाे । उहाँले हेटौंडा १६ काे बिकट क्षेत्रका रुपमा चिनिएको शक्तिखाेला क्षेत्रमा आफू जनप्रतिनिधि हुदा शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा गरेको बिकास हेरेर सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको हाे ।

उक्त चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ नम्बर वडा कमिटी उपाध्यक्ष सन्तबहादुर सिलवाल, वाला चाैलागाईलगायत २१ जना विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । उनिहरुलाई १(क) का एमालेका उम्मेदवार कमल बिष्टले टीका र खादा लाएर स्वागत गर्नुभएको थियाे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मदन दाहाल, जिल्ला सदस्य पार्वती राना, शंकर राउत, मसान उपासक, बसन्त लामिछाने, चिरञ्जीवी थापा, सागरनाथ बास्तोलालगायतकाे उपस्थिति रहेको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*