चन्द्रोदयमा बाल साहित्य समिति गठन

बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार १४:१२

मकवानपुर । हेटौंडा–८ स्थित चन्द्रोदय माविमा ६ कक्षादेखि १० सम्मका विद्यार्थीहरूको बाल साहित्य समिति गठन भएको छ ।

सोमबार भएको विद्यार्थीहरुको भेलाले १३ सदस्यीय समितिको अध्यक्षमा आकृति बिक, उपाध्यक्षमा दीपेन्द्रकुमार साह र सचिवमा विनिता परियार चयन हुनु भएको छ ।

समितिको सदस्यमा सामना अधिकारी, सुगम पुडासैनी, दुशिका खड्का, आयुष थिङ, रयस मगर, बबिता अधिकारी, नेहा साह र सन्ध्या लम्साल चयन हुनुभएको छ । समितिको संरक्षकमा विद्यालयका प्रधानाध्यापक जीधराज ढकाल, संयोजक नेपाली विषयका शिक्षक विश्वनाथ सञ्जेल तथा सहसंयोजक अंग्रेजी विषयका शिक्षक मीनप्रसाद लामिछाने रहनु भएको छ ।

संयोजक विश्वनाथ सञ्जेलले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानमा एउटा इँटा थपिएको आभाष भएको बताउनुभयो । समितिले मासिक रूपमा साहित्यिक छलफल, अन्तरक्रिया, प्रशिक्षण र रचना वाचनका साथै साहित्यिक पत्रिका प्रकाशन गर्ने लक्ष्य लिएको शिक्षक सञ्जेलले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*