माटोकोरी आविमा निर्मित मन्दिर र चौतारोको उद्घाटन

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका-७ स्थित श्री माटोकोरी आधारभूत विद्यालय परिसरमा निर्माण भएको मन्दिर र चौतारोको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बिच बकैयाका अध्यक्ष धर्मराज लामिछानेले नवनिर्मित मन्दिर र चौतारोको उद्घाटन गर्नुभएको हो ।
समाजसेवी, बुद्धिजीवी र पुर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयमा सरस्वती मन्दिर तथा चौतारो निर्माण भएको थियो । कार्यक्रममा सहयोग गर्ने १३० जनालाई फ्रेमसहितको सम्मान पत्र तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
पवन सिङ गुरुङको सभाअध्यक्षता तथा धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मान बहादुर सिङतान,५ नम्बर वडाका वडाध्यक्ष लक्ष्मी जिम्बा लगायत पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, समाजसेवी तथा करिब २०० जना अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी र अभिभावक गरि करिब ४०० जनाको उपस्थिति रहेको थियो ।