हात्तीसुंडेमा ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तीसुंडेमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । तामाङ घेदुङ संघ बकैया-३ समितिको आयोजना र वडा नम्बर ३ को समन्वयमा भोलि अर्थात माघ १७ कार्यक्रम हुने भएको हो ।
बकैया रंगशालामा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति हुने भएको छ । कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । गत वर्ष हात्तीसुंडेमा पालिकास्तरिय घेदुङ समितिले ल्होछार कार्यक्रमको आयोजना गरेको थियो ।
तामाङ समुदायले मन्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।