देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू

बकैया दर्पण संवाददाता
१६ माघ २०८१, बुधबार १९:२७

बकैया दर्पण : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू भएको छ । बुधबार  हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जी स्थित  हायात हाेटलमा गाेष्ठी सुरू भएको हो ।

किरात देवास राईहरूकाे बाेल्ने देवास भाषाकाे पाठ्यक्रम एवम् पाठ्यपुस्तक  लेखनका लागि गाेष्ठी आयाेजना गरेकाे समाजका उपाध्यक्ष राजमान राईले जानकारी दिनु भयाे ।

देवास राई समुदायले बाेल्ने भाषाकाे पाठ्यक्रम र पाठ्यपुस्तक हालसम्म लेखनकाे कार्य नभएकाेले देवास भाषाकाे पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गरि देवास राई समुदायमा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे उपाध्यक्ष राईले बताउनु भयाे ।

गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका सहभागी २६ जनालाई देवास राई  भाषा पढाइ प्रवाहबारे प्रशिक्षण दिएकाे वहाँले बताउनु भयाे ।

प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गर्नु भएकाे छ ।

उहाँले वर्ण निर्माण कार्यक्रम, शब्दकोष निर्माण, अनौपचारिक साक्षरता कार्यक्रम, डिजिटल लेखन र परम्परागत ज्ञान, सिप संरक्षण र सम्बर्द्धन तथा लेखन बारे जानकारी गराउनुभयो ।

आयाेजक किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडाध्यक्ष हस्त थिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का अध्यक्ष विश्व राई, राई उत्थान समाज नेपालका अध्यक्ष चन्द्र बहादुर राई, बाबुराम राई लगायतको आतिथ्यता रहेको थियो । गाेष्ठी माघ १८ गते शुक्रबारसम्म हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*