हेटौंडामा बाघ समात्न चार वटा ट्रयापिङ क्यामेरा जडान

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १३:३८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडास्थित वन क्षेत्रमा चार वटा ट्रयापिङ क्यामेरा जडान गरिएको छ । बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा–१ नम्वर वडा कार्यालयले बाघ समात्न ट्रयापिङ क्यामेरा जडान गरेको हो ।

क्यामेराले त्यस क्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी लिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईका अनुसार, आइतबार बिहान साढे ११ बजे एउटा बाख्रा र एउटा खसी मारेको बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको हो ।

यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले मंगलबारबाटै बाघको खोजी गरिरहेको र हालसम्म पनि फेला नपरेकोले जतिबेला पनि बाघले आक्रमण गर्न सक्ने भन्दै सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*