पाण्डेप्रति साहित्य सन्ध्यामा श्रद्धाञ्जली

बकैया दर्पण संवाददाता
१२ कार्तिक २०७९, शनिबार १३:५९

मकवानपुर । साहित्य संगम मकवानपुरले नियमित सन्ध्यामार्फत साहित्यकार, पत्रकार, शिक्षक कौशलराज पाण्डेप्रति श्रद्धाञ्जली सभा गरेको छ । शनिबार संगमको सभाकक्षमा श्रद्धाञ्जली सभाको आयोजना भएको हो ।

पाण्डेको बिहिबार साँझ हेटौंडा–४, कमलडाँडास्थित निवासमै निधन भएको हो । ७५ वर्षको उमेरमा निधन भएको हो । पाण्डे नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको पूर्वअध्यक्ष, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्थ्यो ।

संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा संगमका पूर्व अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा संगमका पूर्व अध्यक्ष आरसी रिजाल, संगमका पूर्व अध्यक्ष एवम् सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल,प्रलेस नेपालका केन्द्रिय सदस्य मसान उपासक, पत्रकार सुरेस श्रेष्ठ, सुवास खनाल, भावना सापकोटालगायतको आतिथ्य रहेको थियो ।

स्वर्गीय पाण्डे साहित्य संगम मकवानपुरका संस्थापक मध्येका हुनुहुन्थ्यो । २०४४ सालमा साहित्य संगम मकवानपुरको स्थापना गर्दा पाण्डे उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*